images
images

बागमती प्रदेशका १३ जिल्लामा यी हुन् कांग्रेसका चुनावी कमाण्डर

  • २५ फाल्गुन २०७८, बुधबार ०८:०८

काठमाडौं । नेपाली कांग्रेसले चुनाव लक्षित एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ ।

केन्द्रीय कार्यालयले नेताहरुलाई केन्द्रीय प्रतिनिधिका रुपमा जिल्ला-जिल्लामा गएर अभियानमा सहभागी हुन खटाएको हो । जसअनुसार बागमती प्रदेशका १३ वटै जिल्लामा केन्द्रीय नेताहरु खटिने भएका छन् । बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लामा हरिशरण नेपाली, रामेछापमा कुन्दनराज काफ्ले, सिन्धुलीमा मुक्ताकुमारी यादव, काभ्रेपलाञ्चोकमा उर्मिला केसी, सिन्धुपाल्चोकमा गंगादेवी अवाल, रसुवामा रमा कोइराला पौडेल, नुवाकोटमा मदन बहादुर अमात्य, धादिङमा डा. गोविन्द प्रसाद पोखरेललाई खटाइएको छ । यस्तै, चितवनमा अब्दुल सतार, मकवानपुरमा गुरुराज घिमिरे, भक्तपुरमा जीतजंग बस्नेत, ललितपुरमा अम्बिका बस्नेत र काठमाडौंमा मोहनबहादुर बस्नेतलाई चुनाव लक्षित एक महिने अभियानका लागि प्रतिनिधिका रुपमा खटाएको छ । कांग्रेसको चुनावलक्षित अभियान फागुन २९ गतेबाट सुरु हुँदैछ । दिउँसो १ बजे एकैसाथ अभियानको शुभारम्भ गर्ने नेताहरुको तयारी छ ।