images
images

तामाकोसी–काठमाडौं प्रसारण लाइन असार मसान्तभित्र सम्पन्न गर्न अल्टिमेटम

  • २५ फाल्गुन २०७९, बिहीबार १३:४५

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले तामाकोसी–काठमाडौं प्रसारण लाइन असार मसान्तभित्र सम्पन्न गर्न अल्टिमेटम दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानसहितको उच्चस्तरीय टोलीले आयोजना अन्र्तगत बाह्रविसे सबस्टेशनको अनुगमन भ्रमण गरी प्रसारण लाइन र सबस्टेसनको निर्माण असारभित्रमा सम्पन्न गर्न निर्देशन दिएको हो । प्राधिकरणले तामाकोशी–काठमाडौं २२०/४०० केभी प्रसारणलाइन आयोजनाको निर्माण आगामी असारभित्र सम्पन्न गर्न ठेकेदारहरुलाई समयसिमा दिएको छ । रामेछापस्थित नयाँ खिम्ति सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रविसेसम्म ४४ किलोमिटर र बाह्रविसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चागुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारणलाइन र बाह्रबिसेमा २२०÷१३२÷११ केभी सबस्टेशन निर्माणाधीन छन् ।

तामाकोसी तथा सुनकोसी नदी र ती नदिहरुका सहायक खोलानालाको जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौं प्रसारणलाइन र सवस्टेशन निर्माण सुरु गरिएको हो ।