images
images

राष्ट्रपति निर्वाचनको मतगणना सुरु

  • २५ फाल्गुन २०७९, बिहीबार १६:०९

काठमाडौँ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदानको मतगणना सुरु भएको छ ।

मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो ।आज विहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा ३१३ सङ्घीय सांसद र ५१८ गरी ८३१ जनाले मतदान गरेका छन् । संघीय संसदका ३३४ जनामध्ये ३१३ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् ।

तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा ९एमाले०का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता थिए । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।