images
images

नेविसंघ दोलखाको अध्यक्ष चयनमा विवाद, केन्द्रिय अध्यक्षलाई बर्खास्त गर्न माग

  • २५ फाल्गुन २०७९, बिहीबार १९:५९

दोलखा । मुलुकभर अनेरास्ववियु निर्वाचनको माहौल तातिरहेका बेला नेपाली कांग्रेशको भातृ संगठन नेविसंघ दोलखाको विवाद छताछुल्ल भएको छ ।

जिल्लाले सिफारिस गरेको व्यक्तिलाई अध्यक्ष नबनाई नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आफुखुसी निर्णय गरेको भन्दै कांग्रेस जिल्ला सभापति बर्मा लामा उजुरी लिएर केन्द्रमा पुगेपछि विवाद सतहमा देखिएको हो । जिल्ला सभापति लामाले नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पालाई बर्खास्त गरेर वा राजिनामा दिलाएर पदमुक्त गर्न एकसुत्रीय माग राखेर कांग्रेश केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराएका हुन् । सभापति लामाले दर्ता नम्बर १ सय २६ मा पत्र दर्ता गरेका हुन् । केन्द्रीय कार्यालयमा दर्ता भएको पत्रमा अध्यक्ष शेर्पाले एकपक्षीय रुपमा नेविसंघलाई अघि बढाउन खोजेकाले यसले स्ववियु निर्वाचनको मुखमा नेविसंघलाई असर पुग्ने उल्लेख छ । पत्रमा नेपाली कांग्रेश दोलखाका सभापति लामाले जिल्लाले गरेको सिफारिस लत्याई व्यक्तिगत स्वार्थका आधारमा जिल्ला अध्यक्ष तोक्ने र प्रत्येक जिल्लामा विवाद सिर्जना गर्ने काम गरेको भन्दै नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्तको माग समेत गरेका छन् ।

मुलुकभर अनेरास्ववियु निर्वाचनको माहौल तातिरहेका बेला नेपाली कांग्रेशको भातृ संगठन नेविसंघ दोलखाको विवाद छताछुल्ल भएको छ । जिल्लाले सिफारिस गरेको व्यक्तिलाई अध्यक्ष नबनाई नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आफुखुसी निर्णय गरेको भन्दै कांग्रेस जिल्ला सभापति बर्मा लामा उजुरी लिएर केन्द्रमा पुगेपछि विवाद सतहमा देखिएको हो । जिल्ला सभापति लामाले नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पालाई बर्खास्त गरेर वा राजिनामा दिलाएर पदमुक्त गर्न एकसुत्रीय माग राखेर कांग्रेश केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

उनले पार्टीको सर्वसम्मत सिफारिसलाई बेवास्ता गरी केन्द्रिय अध्यक्ष शेर्पाले साधारण सदस्य नै नभएको व्यक्तिलाई नेविसंघको जिल्ला अध्यक्ष मनोनित गरेको भन्दै बर्खास्त गर्न माग गरेका हुन् । सभापति लामाले कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका केन्द्रिय नेताहरुलाई भेटेर यसबारे ध्यानाकर्षण गराई पत्रसमेत बुझाएका छन् । लामाले पार्टी प्रबक्ता प्रकाशसरण महत, पूर्ब उपसभापति प्रकाशमान सिंह, बागमती प्रदेश सभापति ईन्द्र बानियाँसँग पनि भेटवार्ता गरी यसबारे ध्यानाकर्षण गराएका छन् । नेविसंघ केन्द्रीय समितिले जिल्ला अध्यक्षको नाम सिफारिस गर्न पत्र पठाएपछि दोलखा कांग्रेशले सर्वसम्मत रुपमा सौगात थापाको नाम सिफारिस गरेपनि दुजाङले प्रनिल तमाङलाई अध्यक्ष तोकेर पठाएको आरोप छ । स्रोतका अनुसार प्रनिल तमाङलाई कांग्रेश नेता जिपछिरिङ लामा र कुन्दनराज काफ्लेले सिफारिस गरेको बुझिएको छ ।

यता नेविसंघ दोलखाका वर्तमान अध्यक्ष भीम खड्काले आफु स्वत पदमुक्त नभएको हुँदा, आफ, केन्द्रिय अध्यक्ष र जिल्ला सभापति बीच सहमति भएमा मात्रै नयाँ नेविसंघको अध्यक्ष नियुक्त हुने अवस्था रहेको बताएका छन् । अन्यथा जिल्ला अधिवेशनबाट मात्रै नेतृत्व हस्तान्तरण गर्नुपर्ने भएकाले अवैध बाटोमा नेविसंघलाई लैजान खोज्ने प्रबृत्ति बन्द गर्न अपिल समेत गरेका छन् । नेविसंघको नयाँ जिल्ला अध्यक्ष सिफारिसको विषयमा विवाद भएपछि यसबारे केन्द्रमा समेत छलफल समेत भएको थियो ।

छलफलमा हाललाई अध्यक्षको विवाद थाँती राखि स्ववियु निर्वाचनपछि मात्रै यसबारे थप निर्णय लिने सहमति भएको छ । स्ववियु निर्वाचनमा नेविसंघको विवादले क्षति पुग्ने भन्दै तत्काल केन्द्रबाट नेविसंघका दुई जना प्रतिनिधि दोलखा आउने भएका छन् । ती प्रतिनिधिले थप अध्ययन गरेर स्ववियु अध्यक्षको टुंगो लगाउने र निर्वाचन पछि मध्यमार्गि बाटोबाट अध्यक्ष टुंगो लगाउने विषयमा सहमति भएको नेविसंघ दोलखाले जनाएको छ ।