images
images

टेकुको ढलमा खसेका सिन्धुपाल्चोकका पुरुषको सकुशल उद्धार

काठमाडौँ । काठमाडौँको टेकुस्थित ढलमा खसेका सिन्धुपाल्चोकका पुरुषको प्रहरीले सकुशल उद्धार गरेको छ ।

आज बिहान ढलमा खसेका सिन्धुपाल्चोकको साँगाचोकगढी–१० का रामशरण ढुंगानालाई प्रहरीले सकुशल उद्धार गरेको हो । उनको ढलमा खसेको २० मिनेटजतिमा उद्धार गरिएको प्रहरी वृत्त कालिमाटिका डिएसपी रुपेश खड्काले जानकारी दिनुभयो ।

उनलाई उद्धार गरि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाईएको छ । ढुंगानाको उद्धारका लागि प्रहरीको विपद व्यवस्थापन महाशाखा सामाखुसीको टोली समेत परिचालन गरिएको थियो ।