
जिरी(दोलखा)। जिल्ला प्रशासन कार्यालय दोलखाले होली पर्व अर्थात् फागुन पूर्णिमालाई मर्यादित बनाउन सबैमा आग्रह गरेको छ ।
आज जिल्ला प्रशासन कार्यालय दोलखाले एक सूचना जारी गदै होलीमा कसैलाई पनि इच्छा विपरीत जथाभावी रङ नलगाउन, होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको हो ।
रङ्गहरुको माध्यमबाट एकापसमा खुसी साटासाट गर्ने यस पर्व मनाउने नाममा व्यक्तिको इच्छाविपरित जथाभावी रङ्ग लगाउने, लोला तथा फोहोर पानीले हान्ने, मादक पदार्थ तथा नसालु पदार्थ खुवाउने मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरुमा होहल्ला गर्ने, कुनै पनि व्यत्तिको निजी जिवनमा असर पर्ने खालकोे कार्य नगर्नु/नगराउन हुन सबैलाई आग्रह गरिएको छ ।
यदि कोही कसैले यस्ता गतिविधि गरे÷गराएको पाइएका काननु बमोजिम कडा सजाय हुने प्रमुख जिल्ला अधिकारी शिमराम गेलालद्धारा हस्ताक्षरित गरेको सूचनामा उल्लेख छ ।