images
images

भारतलाई तेस्रोपटक टी–२० विश्वकपको उपाधि

  • २५ फाल्गुन २०८२, सोमबार ०६:५३

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको आईसीसी टी–२० विश्वकपको फाइनलमा भारतले न्यूजिल्यान्डलाई हराउँदै च्याम्पियन बनेको छ ।

यससँगै भारत टी–२० विश्वकप तीन पटक जित्ने पहिलो देश बनेको छ । भारतले सन् २००७, २०२४ र अब २०२६ मा टी–२० विश्वकप जितेको हो ।

भारतले न्यूजिल्यान्डलाई जितका लागि २ सय ५६ रनको लक्ष्य दिएको थियो । तर न्यूजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमै अलआउट भयो । यसरी भारतले न्यूजिल्यान्डलाई ९६ रनले हराउँदै टी–२० विश्वकप जित्ने टोली पनि बन्यो ।

भारतीय टोलीले पछिल्ला २० महिनामा तेस्रो आईसीसी उपाधि जितेको हो । जुन २०२४ मा भारत टी–२० विश्वकप च्याम्पियन बन्यो, मार्च २०२५ मा आईसीसी च्याम्पियन्स ट्रफी जित्यो र अब २०२६ मा फेरि टी–२० विश्वकप पनि आफ्नो नाममा गर्न सफल भएको हो ।