images
images

कालिन्चोक, मेलुङ र तामाकोशी गाउँपालिकाको स्थायी केन्द्र नतोकी विदा हुँदै जनप्रतिनिधि

दोलखा । गाउँपालिकाको केन्द्र सम्बन्धि विवाद टुङ्गो नलगाउँदै दोलखाका तीन स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिन लागेको छ ।

जिल्लाको कालिञ्चोक, मेलुङ र तामाकोशी गाउँपालिकाका जनप्रतिनिधिले गाउँपालिकाको केन्द्र सम्बन्धि विवाद किनारा नलगाई कार्यकाल सकिन लागेको हो । स्थानीय सरकारले आफ्नो कार्यभार सम्हालेको पाँच बर्ष बित्नै लाग्दा जिल्लाको कालिञ्चोक, मेलुङ र तामाकोशी गाउँपालिकाले पालिकाको स्थायी केन्द्र टुंगो लगाउन नसकेका हुन् । कालिञ्चोक गाउँपालिकामा विवादका कारण पालिकाको केन्द्र टुंगो लाग्न नसकेर तथा तामाकोशीमा दुई तिहाई बहुमत नपुगेर स्थायी केन्द्र नतोकिएको हो । मेलुङ गाउँपालिकाले पनि स्थायी केन्द्रको टुँगो लगाउन सकेको छैन ।

विशेष गरी कालिञ्चोक गाउँपालिकामा पालिकाको केन्द्रको विषयमा विवाद हुँदै आएको छ । गाउँपालिकाका अध्यक्ष विनकुमार थामी र उपाध्यक्ष कालिका पाठकबिच पालिकाको केन्द्र लापिलाङ वा सुनखानी कुन स्थानमा राख्ने भन्ने विषयमा सहमति हुन नसक्दा उनीहरुको कार्यकाल सकिन लाग्दा समेत टुंगोमा पुग्न नसकेको हो । यसअघि गाउँपालिकाका अध्यक्ष थामीले पालिकाको केन्द्र कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङस्थित बन्देथलीमा राख्नुपर्ने अडान राखेका थिए भने उपाध्यक्ष पाठक पालिकाको केन्द्र सुनखानी वा सवैलाई पायक पर्ने विचको स्थान छनौट गरी केन्द्र राख्नुपर्ने पक्षमा उभिएकी थिईन् । गाउँपालिकाको स्थायी केन्द्रको विवाद उत्कर्षमा पुगेपछि निर्णयपुस्तिका च्यात्नेदेखि अध्यक्ष बिनकुमार थामी माथि आक्रमणको घटना समेत भएको थियो ।

गाउँपालिकाको केन्द्र सम्बन्धि विवाद टुङ्गो नलगाउँदै दोलखाका तीन स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिन लागेको छ । स्थानीय सरकारले आफ्नो कार्यभार सम्हालेको पाँच बर्ष बित्नै लाग्दा जिल्लाको कालिञ्चोक, मेलुङ र तामाकोशी गाउँपालिकाले पालिकाको स्थायी केन्द्र टुंगो लगाउन नसकेका हुन् । कालिञ्चोक गाउँपालिकामा विवादका कारण पालिकाको केन्द्र टुंगो लाग्न नसकेर तथा तामाकोशीमा दुई तिहाई बहुमत नपुगेर स्थायी केन्द्र नतोकिएको हो । मेलुङ गाउँपालिकाले पनि स्थायी केन्द्रको टुँगो लगाउन सकेको छैन ।

यसअघि कालिञ्चोक गाउँपालिकाको अस्थायी केन्द्र सुनखानी तोकिएको थियो । अध्यक्ष र उपाध्यक्षबिच विवाद भएर केन्द्र टुंगो लगाउने विषय अघि बढ्न नसक्दा हाल गाउँपालिकाको अस्थायी केन्द्र सुनखानीबाट सेवा प्रवाह भैरहेको छ । यद्यपि गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले भने गाउँपालिकामा केन्द्रको बिषयमा विवाद नरहेको प्रतिक्रिया दिएका छन् । अध्यक्ष थामीले विवाद नरहेको बताए पनि स्थायी केन्द्र अझै टुंगो नलाग्दा अहिले पनि अस्थायी केन्द्रबाटै सेवा प्रवाह भैरहेको छ ।

जिल्लाको तामाकोशी गाउँपालिकामा पनि केन्द्र टुंगिन सकेको छैन । तामाकोशीमा दुई तिहाई बहुमत पुग्न नसक्दा अझै केन्द्र टुंगो लाग्न नसकेको हो । तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफे जामुनेमा कुनै पनि संरचना नभएका कारण केन्द्रका लागि मानेडाँडा जफे, छौंडे, गोल्माकोथान र मानेडाँडा मालु गैरागाउँमा राख्ने गरी चार स्थानको प्रस्ताव आएको थियो । सो प्रस्ताव पालिकाको सभामा एक पटक लगिए पनि कुनै स्थानका लागि पनि बहुमत प्राप्त हुन नसकेपछि तामाकोशी गाउँपालिकाले पनि केन्द्र टुंगो लगाउन नसकेको हो । हाल तामाकोशी गाउँपालिकाको वडा नम्बर ३ जफेको जामुनेबाट सेवा प्रवाह भैरहेको छ ।

जनप्रतिनिधि निर्वाचित भएको ५ बर्ष पुग्नै लागेपनि स्थायी केन्द्रको बिषय अलपत्र रहेको छ । गाउँपालिकाको स्थायी केन्द्र नतोक्ने र प्रशासनीक भवन समेत बनाउन नसक्ने जनप्रतिनिधि असफल भएको टिप्पणी गरेका छन् । कानुनमा स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको ६ महिनाभित्र सामान्य बहुमतले केन्द्र तोक्ने व्यवस्था रहेको छ भने ६ महिनापछि पालिकाको केन्द्र तोक्दा दुई तिहाई सदस्यको बहुमत चाहिने व्यवस्था रहेको छ । 

जिल्लाको मेलुङ गाउँपालिकाको पनि स्थायी केन्द्र टुँगिएको छैन । जनप्रतिनिधि निर्वाचित भएको ५ बर्ष पुग्नै लागेपनि स्थायी केन्द्रको बिषय अलपत्र रहेको हो । यद्धपि मेलुङका जनप्रतिनिधिले हाल अस्थायी केन्द्र रहेको भेडपु गुठिको जग्गा रहेका कारण स्थायी केन्द्र तोकेर प्रशासनिक भवन बनाउन नसकिएको दावी गरेका छन् । तर, मेलुङवासीले भने गाउँपालिकाको स्थायी केन्द्र नतोक्ने र प्रशासनीक भवन समेत बनाउन नसक्ने जनप्रतिनिधि असफल भएको टिप्पणी गरेका छन् । मेलुङ गाउँपालिकाले केन्द्रको विषय टुंगो लगाउन उपाध्यक्ष कल्पना भण्डारीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलले भौगोलिक रुपले उपयुक्त स्थान हेरेर वडा नम्बर ४ को पैँया टुनिबोटबाट एक देखि डेढ किलो मिटर वरपर स्थायी केन्द्र सार्न सक्ने प्रतिवेदन बुझाएको थियो ।

हाल गाउँपालिकाको वडा नम्बर ४ भेड्पुको जोरधारामा अध्यक्ष, उपाध्यक्षको कक्ष, कृषि, भेटेरिनरी, शिक्षा लगायतका ७ वटा कक्षहरु रहेका छन् भने वडा नम्बर ४ को पोखरी भन्ने स्थानमा लेखा, प्रमुख कार्यकारी अधिकृत, योजना शाखा, प्राबिधिक शाखा लगायतका कक्षहरुबाट सेवा प्रवाह भैरहेको छ । भेड्पुको बुद्धचोकको आसपासको स्थानमा सबै सेवाग्राहीलाई पायक पर्ने भएपनि यस बिषयमा कुनै पहलकदमी हुन सकेको छैन । केन्द्र विवाद टुंगो लाग्न नसक्दा मेलुङ गाउँपालिकामा स्थायी संरचना समेत बन्न सकेको छैन ।

कानुनमा स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको ६ महिनाभित्र सामान्य बहुमतले केन्द्र तोक्ने व्यवस्था रहेको छ भने ६ महिनापछि पालिकाको केन्द्र तोक्दा दुई तिहाई सदस्यको बहुमत चाहिने व्यवस्था रहेको छ । जिल्लाका सात ओटा पालिकाले भने केन्द्रको टुंगो लगाइसकेका छन् ।