images
images

सिन्धुपाल्चोकका पुरुष जबरजस्तीकरणी आरोपमा पक्राउ

  • २६ चैत्र २०७८, शनिबार ०९:३८

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जबरजस्तीकरणीको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ३ का ५२ वर्षिय खड्ग बहादुर मगर पक्राउ परेका हुन् । स्थानिय २९ वर्षिया महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा मगरलाई प्रहरीले पक्राउ गरेको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिन्धुलीमा लागु औषधसहित एक युवक पक्राउ

सिन्धुलीमा लागु औषध सहित एक युवक पक्राउ परेका छन् । जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ९ भिमानबाट महोत्तरीका २३ वर्षिय राजन मण्डल लागु औषधसहित पक्राउ परेका हुन् । भिमान प्रहरी चेकपोइन्र्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा बर्दिबासबाट काठमाडौं तर्फ जाँदै गरेको बा ४ ख ५६३७ नम्बरको हाईस गाडीमा सवार मण्डलको साथमा प्रहरीले लागु औषध फेला पारेको सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी)े मनोज कुमार लामाले जानकारी दिनुभयो । पक्राउ परेका मण्डलको साथबाट प्रहरीले नाइट्रोट १ सय ४६ टयावलेट बरामद गरेको छ । पक्राउ परेका उनीमाथि ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।