
काठमाडौं । बागमती प्रदेश सरकारले सबै श्रमजिवि पत्रकारको पत्रकार कल्याणकारी कोष सञ्चालनका लागि सहयोग गर्ने भएको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशभित्रका श्रमजिवि पत्रकारको पत्रकार कल्याणकारी कोष सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको हो । श्रमजिवि पत्रकारहरुको पेसागत सुरक्षाका लागि पत्रकार कल्याणकारी कोष स्थापना गर्न लागेको उहाँले बताउनुभयो । श्रमजीवी पत्रकारको पेसागत सुरक्षा र पत्रकारहरुको क्षमता विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्दै आएको बताउँदै मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सरकारको सहयोगमा हेटौंडामा सञ्चारग्राम स्थापना कार्य यो वर्षबाट सुरु हुने जानकारी दिनुभयो ।