images
images

नेपाली कांग्रेस बागमती प्रदेश सरकारमा जान सहमत, आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी

  • २६ चैत्र २०७९, आईतवार १७:५०

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ ।

लामो समयको छलफलपछि नेपाली कांग्रेस प्रदेश सरकारमा सहभागी हुने निश्चित भएसँगै बागमती प्रदेश सरकार आज विस्तार हुने भएको हो । नेता बहादुर सिंह लामाको नेतृत्वमा कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी हुन लागेको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा कांग्रेसबाट बहादुर सिंह लामा र तीर्थ लामा सहभागी हुने भएका छन् ।

बहादुर सिहलाई आर्थिक मामिला तथा योजना मन्त्रालय तथा तिर्थ लामालाई खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिईनेछ । नवनियुक्त मन्त्रिहरुले आजै सपथ लिने तयारी गरेका छन् ।