images
images

हत्या गरी सवारीसाधन लुट्ने गिरोहमा संलग्न रामेछापका पुरुष १५ वर्षपछि पक्राउ

  • २६ चैत्र २०७९, आईतवार १८:५०

काठमाडौं । हत्या गरी सवारीसाधन लुट्ने गिरोहमा संलग्न रामेछापका एक सहित दुई जना १५ वर्षपछि पक्राउ परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका ५ का २८ वर्षिय विकास केसीको हत्या गरी सवारीसाधन लुट्ने गिरोहमा संलग्न रहेको अभियोगमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापको साविक सालु गाविस ६ घर भई काठमाडौंको चाबहिल बस्दै आएका ६८ वर्षिय गुमानध्वज खड्का र ओखलढुंगाको साविक नर्मदेश्वर गाविस ७ देवीधानका ५३ वर्षिय भीमबहादुर बुढाथोकी रहेका छन् । कपिलबस्तुको साविक शिवपुर गाविस १ शिवपुरस्थित महेन्द्र लोकमार्गमा २०६४ साल चैत ३० गते भे १ च ५८१ नम्बरको जीप चालक केसीको धारिलो हतियार प्रहारबाट हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

घटनाको थप अनुसन्धानका क्रममा केन्द्रिय अनुसन्धान व्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले घटनामा संलग्न रहि फरार रहेका उनीहरुलाई आज काठमाडौं महानगरपालिका ३ स्थित सडकमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवार्हीका लागि वडा कार्यालय चन्द्रौटा कपिलबस्तुमा पठाइएको प्रहरीले जनाएको छ ।