images
images

बागमती प्रदेशका दुई जना नवनियुक्त मन्त्रीले लिए शपथ

  • २६ चैत्र २०७९, आईतवार १९:२९

हेटौंडा । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसका दुईजना मन्त्रीले शपथ लिएका छन् ।

आज साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना मन्त्री र कांग्रेसकै तीर्थबहादुर लामाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीको शपथ लिएका हुन् । बागमतीमा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि ७ वटा मन्त्रालय खाली छ ।

कांग्रेस नेताहरु सहभागी भएपछि पनि ५ मन्त्रालय मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँगै छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको नेकपा एकीकृत समाजवादी भने सरकारमा सहभागी छैन ।