
काठमाडौँ । काभ्रेपलाञ्चोकको बनेपामा लागू औषधसहित दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेहरूमा धुलिखेल नगरपालिका ६ का २८ वर्षीय अमृत भण्डारी र धुलिखेल नगरपालिका ४ का ३० वर्षीय श्रीकृष्ण सत्याल रहेका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित चाँदनीचोकनजिक रहेको नेवारी खाजा घरबाट आज लागूऔषधसहित दुई जना पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी बल, नेपालअन्तर्गतको इन्टेलिजेन्स ब्युरोले उनीहरुलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल गण नम्बर १५ हेडक्वार्टरले जनाएको छ ।
पक्राउ परेकाहरुबाट पोल्यान्ड नामक लागुुऔषध ५ केजी १०० ग्राम बरामद भएको सशस्त्र प्रहरी बल गण नम्बर १५ हेडक्वार्टरका गणपति प्रहरी उपरीक्षक प्रेम प्रसाईले जानकारी दिनुुभयो । । उहाँका अनुसार पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुुझाइएको छ ।