
काठमाडौँ । सरकारले सर्वोच्च अदालतकोे फैसला बमोजिम पूर्बमन्त्री तथा नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काले भ्रष्टाचार गरेर कमाएको जग्गा जफत गरेको छ ।
गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सर्वोच्चको फैसला बमोजिम खड्काको जग्गा जफत गरेको हो । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्धय कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको ईजलासले २०६९ साउन ३० गते पूर्बमन्त्री खड्कालाई भ्रष्टाचारी ठहर गर्दै ललितपुरमा रहेको खड्काको घर बनेको जग्गा जफत गर्ने फैसला गरेको थियो । सर्वोच्च अदालतले फैसला गरेको १२ वर्षपछि मात्रै सरकारले पूर्बमन्त्री खड्काबाट असुल गर्नुपर्ने सम्पत्ति जफत गरेको हो ।