
जिरी (दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको गठबन्धनले युवा नेता लक्ष्मण खड्कालाई चुनावी मैदानमा उतारेको छ ।
प्रभावशाली एवम् नयाँ अनुहारका खड्का दुई दलको नेतृत्व गर्दै बैतेश्वर गाउँपालिकामा पालिका अध्यक्षका उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका हुन् । लामो समय पत्रकारिता गर्दै राजनीतिक क्षेत्रमा पनि अलग नभएका उनी यो पटक वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लड्न कसेका छन् । पार्टीले उनलाई उम्मेदवार बनाएपछि गठबन्धनबाट पनि पालिका प्रमुखका लागि सर्वसम्मत उम्मदवार घोषणा भएसँगै खड्का आफ्नो उम्मेदवारी दर्ता गरी यतिखेर घरदैलो अभियानमा व्यस्त छन् ।
युवा पुस्ताका समाजसेवी र प्रभावशाली नेता भएका कारण उनलाई अहिले बैतेश्वरबासीले रुचाएका छन् । बैतेश्वर गाउँपालिका अध्यक्षका उम्मेदवार लक्ष्मण खड्का २२ वर्षदेखि पत्रकारिता क्षेत्रमा रहेर शान्ति प्रकृयापछि राजनीतिक क्षेत्रमा पनि कृयाशीय रहेका व्यक्ति हुन् । खुल्ला राजनीतिमा नरहेपनि उनले छायाँ रुपमा भएपनि पार्टीको जिल्ला कमिटी र सचिवालयमा बसेर काम गर्दै आएका थिए । हाल उनले पार्टीको केन्द्रिय प्रचार विभागको सदस्य भएर काम गर्दै आएका छन् ।
युवा पुस्ताका समाजसेवी र प्रभावशाली नेता भएका कारण उनलाई अहिले बैतेश्वरबासीले रुचाएका छन् । बैतेश्वर गाउँपालिका अध्यक्षका उम्मेदवार लक्ष्मण खड्का २२ वर्षदेखि पत्रकारिता क्षेत्रमा रहेर शान्ति प्रकृयापछि राजनीतिक क्षेत्रमा पनि कृयाशीय रहेका व्यक्ति हुन् । एउटा सामान्य परिवारमा जन्मेर हुर्केका ४२ वर्षीय युवा नेता लक्ष्मण खड्का दोलखा जिल्लामा परिचित युवाभित्र पर्दछन् ।खुल्ला राजनीतिमा नरहेपनि उनले छायाँ रुपमा भएपनि पार्टीको जिल्ला कमिटी र सचिवालयमा बसेर काम गर्दै आएका थिए ।
एउटा सामान्य परिवारमा जन्मेर हुर्केका ४२ वर्षीय युवा नेता लक्ष्मण खड्का दोलखा जिल्लामा परिचित युवाभित्र पर्दछन् । अध्यक्षका उम्मेदवार खड्का सामाजिक र पत्रकारीता क्षेत्रका अभियान्ता हुन् । उनी सामुदायिक रेडियो प्रसारक संघ (अको¥याव) का पुर्वकोषाध्यक्ष, नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको केन्द्रीय सचिव भइसकेका छन् । तर, अहिले उनी खुल्ला राजनीतिमा उत्रिएसँगै बैतेश्वरमा युवा वर्गदेखि अस्ताउँदो उमेरका वृद्धवृद्धा समेत उनको पक्षमा उर्लिएका छन् ।
बैतेश्वर गाउँपालिकामा स्थानीय तह निर्वाचनमा त्रीपक्षीय प्रतिस्पर्धा हुँदैछ । कांग्रेससँगको चुनावी तालमेल कायम रहन नसकेपछि नेपाली कांग्रेस, (नेकपा माओवादी र एकीकृत समाजवादी) तथा नेकपा एमालेबीचमा प्रतिस्पर्धा हुन लागेको हो । जसमा गठबन्धनबाट नयाँ अनुहारका खड्कालाई चुनावी मैदानमा उतार्दा कांग्रेसले यसअघि पालिका अध्यक्षका एक कार्यकाल सकाइसकेका छवि लामा र एमालेले साविकको नाम्दु गाविसका अध्यक्ष समेत भइसकेका माधव घिमिरेलाई चुनावी मैदानमा ल्याएको छ । कस्ले मार्ला बाजी ? हेर्न बाँकी छ ।