images
images

स्थानीय तह निर्वाचनः कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा शिवाकोटीद्धय भिड्दै

  • २६ बैशाख २०७९, सोमबार १४:२३

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन र नेकपा एमालेबिच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

बैशाख ३० गते हुने निर्वाचनमा कालिञ्चोकमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका अर्जुनप्रसाद शिवाकोटी र एमालेको तर्फबाट उम्मेदवार बनेका गणेश शिवाकोटीबीच मुख्य प्रतिस्पर्धा हुने भएको हो । स्थानिय निर्वाचमा सो गाउँपालिकाको अध्यक्षदेखि सदस्य पदसम्म १ सय ३८ जना चुनावी मैदानमा उत्रिएका छन् । कालिञ्चोकमा अध्यक्षका लागि १० जना, उपाध्यक्ष पदका लागि ३, वडा अध्यक्षमा ३१ जना चुनावी प्रतिस्पर्धामा रहेको कालिञ्चोक गाउँपालिकाका सहायक निर्वाचन अधिकृत नवराज ओलीले जानकारी दिनुभयो । यस्तै, खुल्ला सदस्यका लागि ५१ जना, महिला सदस्यका लागि २२, दलित महिला सदस्य पदमा २० जनाले उम्मेदवारी दिएका छन् । कालिञ्चोकमा उपाध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

गठबन्धनको तर्फबाट उपाध्यक्षमा कुल बहादुर बुढाथोकीको उम्मेदवारी परेको छ भने एमालेबाट कविता थामी र जसपाबाट सोनाम शेर्पाले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । स्थानिय तह निर्वाचनमा कालिञ्चोक गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र समाजवादीले चुनावी तालमेल गरि संयुक्त उम्मेदवार उठाएका छन्् भने एमालेले एकल रुपमा उम्मेदवार उठाएको छ । कालिञ्चोकका ९ वटा वडामध्ये ७ वटा वडामा गठबन्धन भएको छ भने दुई वटा वडामा गठबन्धनबीच स्वस्थ प्रतिस्पर्धा गर्ने भनिएको छ । कालिञ्चोकको वडा नम्बर ६ र ८ मा गठबन्धन भएको छैन ।

दोलखाको कालिञ्चोक गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन र नेकपा एमालेबिच मुख्य प्रतिस्पर्धा हुने भएको छ । बैशाख ३० गते हुने निर्वाचनमा कालिञ्चोकमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका अर्जुनप्रसाद शिवाकोटी र एमालेको तर्फबाट उम्मेदवार बनेका गणेश शिवाकोटीबीच मुख्य प्रतिस्पर्धा हुने भएको हो । स्थानिय निर्वाचमा सो गाउँपालिकाको अध्यक्षदेखि सदस्य पदसम्म १ सय ३८ जना चुनावी मैदानमा उत्रिएका छन् । कालिञ्चोकमा अध्यक्षका लागि १० जना, उपाध्यक्ष पदका लागि ३, वडा अध्यक्षमा ३१ जना चुनावी प्रतिस्पर्धामा छन् ।

कालिञ्चोक गाउँपालिकाको वडा नम्बर १ मा गठबन्धनबाट कांग्रेसका बाबुलाल थामी र एमालेबाट पदम बहादुर थामी तथा राप्रपाबाट मंगल विर तमाङबीच प्रतिस्पर्धा हुनेछ । वडा नम्बर २ मा गठबन्धनबाट माओवादी केन्द्रका हेमबहादुर पाण्डे र एमालेबाट पुर्णबहादुर पाण्डे बिच कडा प्रतिस्पर्धा हुनेछ भने वडा नम्वर ३ मा गठबन्धनबाट कांग्रेसका सुरेन्द्र प्रसाद अर्याल, एमालेका अमृत बहादुर बानियाँ चुनावी मैदानमा छन् । यस्तै वडा नम्बर ४ को वडाध्यक्षमा गठनबन्धको तर्फबाट दिपक खुलाल र एमालेका कमल प्रसाद घिमिरे तथा वडा नम्बर ५ को अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादीका सहदेव खड्का र एमालेका सन्तोष खड्का चुनावी मैदानमा छन् ।

यसैगरी, वडा नम्वर ६ मा कांग्रेसका भरत पाण्डे, माओवादीका शम्भु थामी र एमालेको तर्फबाट अमृत बहादुर थामी तथा वडा नम्वर ७ मा अध्यक्षका लागि गठबन्धनको तर्फबाट माओवादीका रामबहादुर पाण्डे र एमालेबाट भलराज बस्नेत चुनावी प्रतिष्पर्धामा छन् । वडा नम्बर ८ मा माओवादी र कांग्रेसको गठबन्धनबाट सुर्य आचार्य र एमालेका गणेश बहादुर शिवाकोटी तथा एकीकृत समाजवादीका डम्बर बहादुर आचार्य खत्रीबिच कडा प्रतिस्पर्धा हुने भएको छ भने वडा नम्बर ९ मा गठबन्धनको तर्फबाट कांग्रेसका राम प्रसाद मैनाली र एमालेका इन्द्र प्रसाद ओलीबीच प्रतिष्पर्धा हुँदैछ ।