images
images

पाकिस्तानका पुर्वप्रधानमन्त्री इमरान खान पक्राउ

  • २६ बैशाख २०८०, मंगलवार १७:१७

पाकिस्तानका पुर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् ।

आज उच्च अदालत बाहिरिबाट उनलाई पक्राउ गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरुले बताएका छन् । पाकिस्तानी प्यारामिलिटरी फोर्सले भ्रष्टचारका मुद्धामा उनलाई अदालत परिसरबाटै पक्राउ गरेको हो । इस्लामावादको हाइ कोर्टमा उनी विरुद्धको भ्रष्टचार मुद्धाको सुनुवाईमा उपस्थित हुने क्रममा अदालतको गेटबाटै खानलाई सो फोर्सले पक्राउ गरेको छ । आनले भने आफुमाथिको भ्रष्टचार आरोपलाई राजनितिक रुपमा प्रेरित भएको भन्दै अस्विकार गर्दै आएका छन् ।