images
images

एमाले सांसद टोपबहादुर रायमाझीको निवासमा प्रहरीको छापा

  • २६ बैशाख २०८०, मंगलवार १७:२३

काठमाडौं । प्रहरीले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको निवासमा खानतलासी गरेको छ ।

रायमाझि विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म फेला पर्न नसकेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनको निवासमा आज खानतलासी गरेको हो । अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीको निवासमा खानतलासी गरिएपनि उनी फेला पर्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो । पक्राउ पुर्जी जारी भएपछि अर्घाखाँची हुँदै भैरहवासम्म आइपुगेका रायमाझी त्यहाँबाट सम्पर्कविहीन भएका छन् ।

वारेन्ट जारी भएपछि उनका छोरा पक्राउ परेपनि उनीे फरार भएका हुन् । एमालेका सचिव समेत रहेका रायमाझि र उनका छोरामाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोप लागेको छ । सो प्रकरणमा हालसम्म ८ जना पक्राउ परिसकेका छन् ।