images
images

मन्त्रिपरिषद बैठकको निर्णयः सहकारी सुधारका लागि कार्यदल गठन, ४४ जना सहसचिवको सरुवा

  • २६ बैशाख २०८०, मंगलवार १८:१३

काठमाडौं । सरकारले सहकारी सुधारका लागि कार्यदल गठन गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सहकारी क्षेत्रको सुधारका लागि कार्यदल गठन गरेको हो । बैठकले एकै पटक ४४ जना सहसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सरुवा हुनेमा नवनियुक्तदेखि विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरु रहेका छन् । अतिरिक्त समुहमा रहेका सहसचिवलाई विभिन्न मन्त्रालय वा त्यस अन्र्तगत सरुवा गरिएको बताइएको छ ।