images
images

एमालेले नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुरलाई गरेन कारबाही

  • २६ बैशाख २०८०, मंगलवार १८:१९

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएर अदालतबाट पक्राउ पुर्जी जारी भएका सचिव टोपबहादुर रायमाझीबारे एमालेले पर्ख र हेरको नीति लिएको छ।

आज च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकमा सचिव रायमाझीबारे कुरा भए पनि कुनै निर्णय नभएको उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो। एमालेले नेता रायमाझीलाई कारबाही गर्ने अनुमान गरिए पनि उनी अहिले नै दोषी देखिई नसकेकाले कारबाही गर्नबाट भने पछि हटेको छ ।