काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाका नगरप्रहरीमाथि कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नगरप्रहरीलाई कुटपीट गर्ने चार जना फुटपाथ व्यवसायी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका–१ का २६ वर्षीय कृष्ण मानन्धर, सोही स्थानकी ५० वर्षीया राममाया मानन्धर, ४० वर्षीया रोजिना मानन्धर र बनेपा नगरपालिका–७ की ४० वर्षीया खड्गमाया श्रेष्ठ रहेका छन् । नगरप्रहरीमाथि कुटपीट गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । फुटपाथ व्यवसायीको कुटपीटबाट नगर प्रहरी अञ्जना थापा र चालक किशोर केसी घाईते भएका थिए । घाईते दुवै जनाको उपचार भईरहेको छ ।
फटपाथ व्यवसायीले नगरपालिकाको गाडी समेत तोडफोड गरेका थिए । कुटपीट गर्नेविरुद्ध नगरपालिकाले दिएको किटानी जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोक नजिक अरनिको लोकमार्गको सडक खण्डमा फुटपाथ व्यापारी र बनेपा नगर प्रहरी बीच झैझगडा भएको थियो ।










