images
images

नेपाल बैंकका सुरक्षा गार्डको हत्या

  • २७ बैशाख २०८१, बिहीबार १४:५५

सप्तरी । सप्तरीको फत्तेपुरस्थित नेपाल वैंक लिमिटेडका एक सुरक्षा गार्डको हत्या भएको छ ।

जिल्लाको सप्तकोशी नगरपालिका – १ फत्तेपुरमा रहेको नेपाल वैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड सोही नगरपालिका –२ घर भएका ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो । सिसीटीभी फुटेजमा फुँयालको आज बिहान करिव ३ बजेतिर घाँटीमा खुकुरी प्रहार गरि हत्या गरेको देखिएको सप्तरीका प्रहरी प्रवक्ता, डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सिसीटिभी फुटेजमा एक व्यक्ति बैंक भित्र पसेर सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरि हत्या गरेर बैंकमा लुटपाटको प्रयास गरेको देखिएको छ । ती व्यक्तिले वैंकभित्र पसेर लकर, काउन्टर फुटाउने प्रयास गरेपनि लुटुन नसकेपछि फर्किएको देखिएको डिएसपी नौपानेले बताउनुभयो ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ समेत गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुरसहितको टोली ल्याएर घटनास्थलको अनुसन्धान भईरहेको सप्तरी प्रहरीले जनाएको छ ।