images
images

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ मा

  • २७ बैशाख २०८१, बिहीबार १८:३१

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले आगमी आर्थिक वर्ष २०८१ / ८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने निर्णय गरेको हो । जेठ १ गते दिउँसो ३ बजे संसदमा नीति तथा कार्यक्रम प्रस्तुत हुने सरकारी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदमा पढेर सुनाउने व्यवस्था रहेको छ ।

मन्त्रिपरिषद बैठकले समाजकल्याण परिषदको उपाध्यक्ष पदमा नन्दलाल माझीलाई मनोनयन गर्ने र भाषा आयोगको सदस्य पदमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

आजको बैठकले प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय पनि गरेको छ । गृहमन्त्रालयले रिक्त पदमा जोशी र ढकाललाई सिफारिस गरेको थियो । जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए भने ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।