दोलखा । सत्ता गठबन्धन दलहरुबीच जिल्ला समन्वय समिति दोलखाको निर्वाचनमा साझा उम्मेदवारका बिषयमा अझै सहमति जुट्न सकेको छैन ।
जिससको निर्वाचन नजिकिँदै गैरहेका बेला दोलखामा सत्ता गठबन्धन दलहरुबीच अझै सहमति जुट्न नसकेको हो । आगामी असार १ गते हुने जिसस निर्वाचनमा २८ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेपनि सत्ता गठबन्धन दलहरुबीच अझै यस बिषयमा औपचारिक बैठक समेत बस्न सकेको छैन । यद्धपि गठबन्धनका नेताहरु वीच अनौपचारीक छलफल भने चलिरहेको छ । स्थानीय तहको निर्वाचन अघि सत्ता गठबन्धन दलहरुबीच नेकपा माओवादी केन्द्रलाई जिसस प्रमुख र नेकपा एकीकृत समाजवादीलाई उपप्रमुख दिने सहमति भएको थियो । तर, नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा धोका भएको भन्दै जिसस प्रमुख आफुले पाउनुपर्ने दाबी गर्दै आएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने पहिलेको सहमति कार्यान्वयन हुनुपर्ने अडान राखेका छन् । गठबन्धन दलहरु वीच अनौपचारिक छलफल भएपनि औपचारिक छलफल नहुँदा अझै सहमति जुट्न नसकेको हो ।
स्थानीय तह निर्वाचनमा ९ स्थानीय तहमध्ये ७ वटामा बिजयी भएको सत्तागठबन्धन दलहरुबीच जिससको निर्वाचनमा पनि सहमति जुट्ने नेताहरुको दावी छ । स्थानीय तहको निर्वाचनमा जिल्लाको बैतेश्वर र जिरी बाहेक अन्य स्थानीय तहमा कांग्रेश, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन बनेको थियो । जसमध्ये नेपाली कांग्रेस ३, नेकपा माओवादी केन्द्र ३ र नेकपा एकीकृत समाजवादी एक स्थानीय तहमा प्रमुख पदमा निर्वाचित भएको थियो भने नेपाली कांग्रेसले तीन र नेकपा माओवादी केन्द्रले एक स्थानीय तहमा उपप्रमुखमा जित हात पारेको थियो । यस्तै, नेकपा एमाले दुई स्थानीय तहमा प्रमुख र पाँच स्थानीय तहमा उपप्रमुखमा बिजयी भएको थियो ।
आगामी असार १ गते हुने जिसस निर्वाचनमा २८ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेपनि सत्ता गठबन्धन दलहरुबीच अझै यस बिषयमा औपचारिक बैठक समेत बस्न सकेको छैन । यद्धपि गठबन्धनका नेताहरु वीच अनौपचारीक छलफल भने चलिरहेको छ । स्थानीय तहको निर्वाचन अघि सत्ता गठबन्धन दलहरुबीच नेकपा माओवादी केन्द्रलाई जिसस प्रमुख र नेकपा एकीकृत समाजवादीलाई उपप्रमुख दिने सहमति भएको थियो । तर, नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा धोका भएको भन्दै जिसस प्रमुख आफुले पाउनुपर्ने दाबी गर्दै आएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने पहिलेको सहमति कार्यान्वयन हुनुपर्ने अडान राखेका छन् ।
जिल्ला समन्वय समितिका पदाधिकारीहरु बहुमतबाट चयन हुने छन् । जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख चुनिनका लागि गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखले मात्रै मतदान गर्न पाउने व्यवस्था छ । जसअनुसार दोलखाका ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १८ जना मतदाता हुनेछन् । जिल्लामा नेकपा एमालेको ७, नेपाली कांग्रेसको ६, नेकपा माओवादी केन्द्रको ४ र नेकपा एसका १ जना मतदाताले मतदान गर्न पाउने छन् ।
जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख, तीन महिला सदस्य र एक दलित वा अल्पसंख्यक सदस्य रहने गरी ६ देखि ९ सदस्यसम्म रहने व्यबस्था छ । जिसस प्रमुख उपप्रमुखका बिषयमा सहमति हुन नसक्दा सदस्यहरुको समेत टुंगो लाग्न सकेको छैन । नेकपा माओवादी केन्द्रकी जिल्ला ईन्चार्ज देबी खड्काले जिल्ला समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धन दलहरुबीच सहमति हुने बताउनुभयो । उहाँले यस बिषयमा गठबन्धन दलहरु छलफल र संवादमै रहेको उहाँको भनाई छ । नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले जिससको निर्वाचनमा गठबन्धन भन्दा बाहिर नजाने र अन्तिम समयसम्म सहमतिको प्रयास गर्ने बताउनुभयो ।
नेकपा एमालेका जिल्ला सचिब एबम् मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले नेकपा एमाले जिसस निर्वाचनमा अन्य दलहरुसँग समन्वय गरेर अघि बढ्ने बिषयमा छलफलमा भईरहेको बताउनुभयो । उहाँले अन्य दलहरुसँग सहमति भए सहकार्यका आधारमा अघि बढ्ने र नभए एमाले एक्लै निर्वाचन प्रक्रियामा जाने बताउनुभयो ।



सिर्जना थापा खड्का 






