images
images

माओवादी केन्द्रलाई पुरानै गतिमा लैजाने अध्यक्ष श्रेष्ठको भनाई

दोलखा । नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठले पार्टीलाई पुरानै गतिमा फर्काउने बताउनुभएको छ ।

अध्यक्ष श्रेष्ठले जिल्ला पार्टीको नयाँ नेतृत्व आएसँगै पार्टीलाई गतिशिल बनाउने काम भएको बताउनुभयो । हाम्रो रेडियाको बहशमुखी कार्यक्रम साझा सरोकारमा आज विहान कुराकानी गर्दै उहाँले पार्टीलाई गति दिन धमाधम वडा अधिवेशन र जनवर्गीय संगठनहरुको भेला तथा अधिवेशन भइरहेको बताउनुभयो । माओवादी केन्द्र दोलखाको नेतृत्व युवा पुस्तामा आएपनि सिनियर नेताहरुको सल्लाह र परार्मश लिएर पार्टीलाई नयाँ गति दिन लागिपरेको उहाँको भनाई छ ।

अध्यक्ष श्रेष्ठले माओवादी केन्द्रलाई पुरानै गतिमा पुर्याउने र नेता, कार्यकर्तालाई नयाँ उर्जा भर्ने काम भइरहेको बताउनुभयो । दोलखाको विकास निर्माण र समृद्धिको योजना पार्टीको प्राथमिकता भएको भन्दै उहाँले संघ र प्रदेशवाट जिल्लाका सवै स्थानीय तह तथा वडातहसम्म समानुपातिक र न्यायोचित ढँगले योजना, कार्यक्रम तथा बजेट बिनियोजन गर्नकालागि लागिपरेको उल्लेख गर्नुभयो । आगामी वर्षका योजना र बजेटका लागि बागमती प्रदेश सरकारमा पार्टीले जिल्लाभरका योजनाको सूचि तयार पारेर पहल गरिरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति दोलखा र ३ वटा स्थानीय तह तथा २२ वटा वडापालिकाको नेतृत्व गरेको माओवादी आफ्नो कर्तव्य र जिम्मेवारीवाट नभाग्ने उहाँले स्पस्ट पार्नुभयो । आगामी आर्थिक बर्ष माओवादीले नेतृत्व गरेका स्थानीय सरकावाट जनताले प्रतक्ष्य राहत पाउने खालका कार्यक्रम आउने उहाँको बिस्वास छ ।