images
images

झोलुंगे पुलको लट्ठा चुँँडिदा फसेका २ खच्चडको मृत्यु, ९ वटाको उद्धार

  • २७ जेष्ठ २०८१, आईतवार १४:३०

काठमाडौँ । कर्णाली नदीको झोलुंगे पुलमा फसेका दुई खच्चडको मृत्यु भएको छ भने ९ वटाको सकुशल उद्धार गरिएको छ ।

अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा पुलको बिचमा फसेका दुई खच्चडको मृत्यु भएको हो । उद्धार गर्ने क्रममा दुई वटाको मृत्यु भएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोईरालाले जानकारी दिनुभयो । धेरै लोड भएका कारण पुलको तार काटेर खच्चडलाई नदीमा खसालेर उद्धार गरिएको हो ।

उद्धारका लागि अछाम र दैलेखका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय तहका जनप्रतिनिधि खटिएका थिए । पुलको एकातर्फको लठ्ठा कमजोर रहेको र धेरै खच्चडहरु एकैपटक चढ्दा लठ्ठा चुुँडिएको हो ।