images
images

प्रधानमन्त्री रोजगार कार्यक्रमःसबै पालिकामा रोजगार सहायक पदमा दरखास्त आह्वान

  • २५ असार २०७९, शनिबार ०९:०८

प्रधानमन्त्री रोजगार कार्यक्रमले देशभरका सबै स्थानीय तहमा रोजगार सहायक पदका लागि दरखास्त आह्वान गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले ७ सय ५३ वटै पालिकाका रोजगार सेवा केन्द्रमा रिक्त रहेको रोजगार सहायक पदमा पदपूर्तिका लागि एक/एक जनाको माग गरेको हो । प्रत्येक नगरपालिका र गाउँपपालिकामा खुला प्रतिस्पर्धाबाट करारमा पदपूर्ति गर्न लागिएको छ । स्थानीय सेवाको सहायक पाँचौँ तहमा योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र निवेदन दिन सक्नेछन् ।

दरखास्त दिने अन्तिम मिति साउन ८ गतेसम्म रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमले निकालेको सूचनामा उल्लेख छ ।