images
images

सिन्धुपाल्चोकका सहित ३२ जना एसपी एसएसपी बढुवाका लागि सिफारिस

  • २५ असार २०७९, शनिबार १७:४८

गृह मन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ ।

आज बसेको बढुवा समितिको बैठकले सिन्धुपाचोकका एसपि सहित ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी राजन अधिकारी सातौं नम्बरमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द रहेका छन् ।

यस्तै दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुरबेदी र पाँचौ नम्बरमा दानबहादुर कार्की रहेका छन् भने ३२ औं नम्बरमा सिफारिस हुनेमा शारदाप्रसाद चौधरी रहेका छन् ।