images
images

मनसुन अवधिभर कार्यक्षेत्र नछाड्न प्रमुख प्रशासकीय अधिकृतहरुलाई निर्देशन

  • २५ असार २०८१, मंगलवार १९:३४

काठमाडौं । मुलुकभरका प्रमुख प्रशासकीय अधिकृतहरुलाई मनसुन अवधिभर स्थानीय तह नछाड्न निर्देशन दिईएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका/गाउँपालिकामा परिपत्र गर्दै वर्षायाममा स्थानीय तह नछाड्न निर्देशन दिएको हो । मन्त्रालयले गृह मन्त्रालयको पत्रअनुसार कार्यक्षेत्रबाट बाहिर नजान प्रमुख प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिएको छ । यसअघि गृह मन्त्रालयले वर्षातको समयमा फैलनसक्ने महामारी तथा मनसुनजन्य विपद् व्यवस्थापनलाई मध्यनजर गरि मनसुन अवधिभर प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना प्रमुख प्रशासकीय अधिकृतहरुले स्थानीय तह छाड्न नपाउने व्यवस्था मिलाउन सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।