images
images

माथिल्लो तामाकोशीको ड्याम साइडमा बोटिङ गर्ने क्रममा रामेछापका एक युवक वेपत्ता

  • २४ श्रावण २०७९, मंगलवार ०६:५९

दोलखा । दोलखाको विगु गाउँपालिकास्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्यामसाइडमा बोटिङ गर्ने क्रममा रामेछापका एक युवक बेपत्ता भएका छन् ।

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ स्थित वाल्दीङका अन्दाजी २८ वर्षिय रमेश बस्नेत माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम साइडमा बोटिङ गर्ने क्रममा बेपत्ता भएका हुन् । तामाकोशी आयोजनाको ड्याम साइडबाट लामावगरमा निर्माणाधिन नासा हाइड्रोमा जाने क्रममा बस्नेत हिजोदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सानु तमाङले जानकारी दिनुभयो । ९ जनाको समुहमा बोटिङ गर्ने क्रममा रुखको हाँगा खसेपछि बस्नेत ज्यान जोगाउन हाम फालेका थिए । त्यसपछि उनी बेपत्ता भएका हुन् । बस्नेत नासा हाइड्रोपावरका कर्मचारी हुन् ।