images
images

दोलखा जिल्ला अदालतमा नयाँ न्यायधिश

  • २४ श्रावण २०७९, मंगलवार ०८:२७

दोलखा । जिल्ला अदालत दोलखाको न्यायधिशमा डिल्लीरत्न श्रेष्ठ हाजिर भएका छन् ।

जिल्ला अदालत दोलखाका न्यायधिश कवि प्रसाद न्यौपानेको सरुवा भएसँगै श्रेष्ठ दोलखा जिल्ला आएका हुन् । श्रेष्ठ हिजो कार्यालयमा हाजिर भएको जिल्ला अदालत दोलखाका सुचना अधिकारी भीम पाण्डेले जानकारी दिनुभयो । न्यायाधिश कवि प्रसाद न्यौपानेको यही साउन १० गते सरुवा भएको थियो । न्यौपाने सरुवा भएको करिब दुई सातापछि न्यायधिश श्रेष्ठ अदालतमा हाजिर भएका छन् । श्रेष्ठ अदालत हाजिर भएसँगै रोकिएका काम कारबाही अघि बढ्ने भएको छ ।