ओखलढुंगा । ओखलढुंगामा आफ्नै २ छोरालाई अमानवीय ढंगले यातना दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ओखलढुङगाको खिजिदेम्वा गाउँपालिका–९ का फुरिङ्जी शेर्पा रहेका छन् । शेर्पालाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाका प्रहरी निरिक्षक विजय कार्कीले जानकारी दिनुभयो । प्रहरी अनुसार उनले आफ्ना ४ वर्षीय र ७ वर्षीय छोरालाई अमानवीय तरिकाले यातना दिएका थिए । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
भिडियोमा तामाको भाँडो आगोमा तताएर त्यसभित्र बालकलाई राखिएको देखिन्छ । यस्तै, खुट्टा समेत बाँधेर टाउको तल पारेर यातना दिइएको छ । सो भिडियो जीवन लिम्वुको फेसबुक पेजबाट पोस्ट भएको थियो ।