images
images

कालिञ्चोक गाउँपालिकाका पुरुष मृत फेला

  • २४ भाद्र २०७९, शुक्रबार ०६:१२

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाका पुरुष मृत फेला परेका छन् ।
कालिञ्चोक गाउँपालिका ९ स्थित फेदीका ४८ वर्षिय भुवन पकुवाल मृत फेला परेका हुन् । हिजो साँझ ६ बजे घर भन्दा ३ किलोमिटर टाढा खेतमा पानी लैजाने कुलोमा घोप्टो परेको अवस्थामा पकुवालको शव फेला परेको दोलखाका प्रहरी प्रवक्ता प्ररी निरीक्षक राजेश सिंग्देलले जानकारी दिनुभयो । उनको शरीरमा केही चोटपटक देखिएको छैन । मृतक पुरुषको शव पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।