images
images

डेंगुको संक्रमण बढेसँगै बजारमा सिटामोल औषधिको अभाव

  • २४ भाद्र २०७९, शुक्रबार १८:४९

काठमाडौं । नेपालमा डेंगुको संक्रमण बढेसँगै बजारमा सिटामोल औषधिको अभाव हुन थालेको छ ।

सिटामोलको माग उच्च भएसँगै बजारमा यसको अभाव सिर्जना भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल औषधि उत्पादक संघले पनि बजारमा सिटामोलको माग उच्च रहेको बताएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा सर्वसाधारणले पाइरहेका छैनन । डेंगुका लक्षण ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पुरै दुख्ने, वान्ता हुने, खान मन नलाग्ने, पखाला लाग्ने लगायतका रहेका छन् ।

यी लक्षण देखिएपछि विरामीलाई सिटामोल र जीवनजल जस्ता औषधि खान चिकित्सकहरुको सुझाव छ । तर बजारमा सिटामोलको अभाव भएपछि सर्वसाधरण समस्यामा परेका हुन् ।