रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
लिखु तामाकोशी गाउँपालिका–२ लामीडाँडाका ७२ वर्षीय नरबहादुर बस्नेतको मृत्यु भएको हो । हिजो बिहान उनी घरबाट निस्केकोमा अबेरसम्म पनि घरमा नआउँदा मृत्तकका छोराले खाजतलास गर्ने क्रममा भीरबाट लडेको अवस्थामा फेला पारेका थिए । मृत्तक बस्नेतलाई गोरेटो बाटोबाट ३ सय मिटर तल खसेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक (सूचना अधिकारी) कौशल न्यौपानेले जानकारी दिनुभयो ।