काठमाडौं । संसदमा आकस्मिक समयमा बोल्ने सांसदको लागि समय दुई मिनेट कायम गरिएको छ ।
आकस्मिक समयमा बोल्ने सांसदका लागि दुई मिनेट समय निर्धारण गरिएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो । यसअघि आकस्मिक समयको लागि तीन मिनेट समय दिइन्थ्यो । आजदेखि एक मिनेट घटाएर दुई मिनेट कायम गरिएको हो । आजको बैठकमा सांसदहरुले आकस्मिक समय माग गर्दा सभामुख घिमिरेले दुई मिनेट निर्धारण गरिएको भन्दै सोही अनुसार बोल्न आग्रह गर्नुभयो । अब दुई मिनेटपछि स्वचालित रुपमा सांसदको माइक काटिने प्रावधान समेत लागि गरिएको सभामुख घिमिरेले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा नियमावलीको नियम १५ मा शून्य र विशेष समयसम्बन्धी व्यवस्था छ । सरकारको ध्यानाकर्षण गराउन कुनै पनि सांसदले ढ्याप ढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्ने नियम छ ।