काठमाडौं । विद्युतीय कारोबारबाट विभिन्न क्षेत्रमा गरिएको खर्चमा १० प्रतिशत कर फिर्ता हुने भएको छ ।
सरकारले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न केही सर्तहरु राखेर यस्तो व्यवस्था गरेको हो । आन्तरिक राजस्व विभागले आज जारी गरेको सुचना अनुसार केही वस्तु तथा सेवामा खर्च गर्दा उक्त सुविधा पाइनेछ । मूल्य अभिवृद्धि कर ऐन २०५२ अनुसार विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई १० प्रतिशत कर फिर्ता गरिने व्यवस्था छ ।
यो रकम विभागले तोकेको व्यवस्था अनुसार बैंक खातामा फिर्ता हुनेछ । यो सुविधा मदिरा पिउने केन्द्र (बार), रेष्टुरेन्ट, होटल, मोटल, लज र गेष्ट हाउसमा प्राप्त हुनेछ । तर, यसको लागि सरकारले केही शर्तहरु भने राखेको छ । यीनीहरुको भुक्तानी विद्युतीय माध्यमबाट भएमा १० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ता हुने विभागले जनाएको छ । तर, यो सुविधाका लागि विभागले ५ वटा शर्त अघि सारेको छ ।
यो सुविधाका लागि मूल्य अभिवृद्धि करमा दर्ता भएर विभागबाट स्वीकृत विद्युतीय बीजक जारी गर्नुपर्नेछ । यसैगरी, डेविट÷क्रेडिट कार्ड, क्युआर कोर्ड वा मोबाइल भुक्तानी विधिबाट भुक्तानी गरेको हुनुपर्नेछ भने विद्युतीय बीजक प्रणालीसँग मिल्दो सफ्टवेयर प्रयोग गरेको हुनुपर्नेछ ।
बैंक तथा वित्तीय संस्थाले सो प्रणाली कार्यान्वयमा सहयोग गर्नुपर्ने र विक्रेताले कर फिर्ता सुविधा रहेको जानकारी उपभोक्तालाई गराउनुपर्ने शर्त तोकिएको छ ।