images
images

पक्राउ परेको भोलीपल्टै तोकिएको जरिवाना बुझाएर छुटे लुम्बीनीका सांसद केसी

  • २४ भाद्र २०८१, सोमबार १८:१३

काठमाडौं । लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी पक्राउ परेको भोलीपल्टै रिहा भएका छन् ।

हिजो जिल्ला अदालत, रुकुममा आत्मसमर्पण गरेका सांसद केसी आफ्नो कैदबापतको रकम तिरेर आजै रिहा भएका हुन् । श्रीमतीसँगको अंश मुद्दामा दोषी ठहर गर्दै सांसद केसीलाई रुकुम जिल्ला अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । त्यसपछि कैद सजाय पूरा नगरी उनी प्रहरीको फरार सूचीमा थिए । फौजदारी अपराधसंहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान छ ।

सोही बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर उनी रिहा भएका हुन् । अदालतको फैसलापछि पनि सजाय भुक्तान नगरेका केसी गत निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए ।