काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले सरकारलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निबास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको पहिलो बैठकले सरकारको कामलाई प्रभावकारी बनाएर अघि बढ्ने निर्णय गरेको हो । गठबन्धनप्रति आफ्नै दलका नेताहरुबीच संका र उपशंका उब्जेको बेला बसेको आजको बैठकमा गठबन्धनलाई एकतावद्ध बनाउने बारेमा पनि छलफल भएको छ ।
बैठकपछि सत्तारुढ दलका मुख्य सचेतक महेश बर्ताैलाले संसद र सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताउनुभयो । साथै, प्रधानमन्त्री ओलीले गठबन्धनको भावना विपरित नबोल्ने बताएको जनमत पार्टीका नेता अब्दुल खानले जानकारी दिनुभयो ।