images
images

समानुपातिक उम्मेवारहरुको सूचि सार्वजनिक, दोलखा र रामेछापवाट को-को परे ? (पूर्णपाठ)

  • २३ आश्विन २०७९, आईतवार ०७:४८

दोलखा । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आज विहान सूचि सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा भाग लिन ४८ वटा दलले बन्द सूचि बुझाएका थिए । आयोगले सार्वजनिक गरेको सूचि अनुसार नेकपा एमालेले दोलखावाट ३ जनालाई समानुपातिक सूचिमा राखेको छ भने नेकपा माओवादी केन्द्रले १ जनालाई समानुपातिक उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीले भने दोलखावाट कुनै नेतालाई पनि समानुपातिक सूचिमा समेटेको छैन । एमालेले दोलखावाट पोलिट्व्यूरो सदस्य इस्वरवहादुर रिजाल (विक), गोविन्दप्रसाद दुलाल र मोतिराज सुनुवारलाई उम्मेदवार बनाएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले दोलखावाट मजदुर नेता सोमवहादुर तामाङलाई बन्दसूचिमा समावेश गरेको छ । राप्रपाले पनि दोलखावाट सपना घतानीलाई समानुपातिक उम्मेदवार बनाएको छ । दोलखावाट कुनै पनि नेतालाई समानुपातिक सूचिमा समावेश नगरेको नेकपा एकिकृत समाजवादीले रामेछापवाट किरण मोक्तान, शान्तिदेवी पौडेल र धनवहादुर कार्की गरी ३ जनालाई बन्द सूचिमा समेटेको छ । रामेछापमा नेपाली कांग्रेसले मुक्तवहादुर महतेलाई र नेकपा माओवादी केन्द्रले सुनिताकुमारी गौतमलाई उम्मेदवार बनाएको छ । राप्रपाले रामेछापवाट आङङिमा शेर्पा र दिपक रञ्जितकारलाई समानुपातिक सूचिमा समेटेको छ ।

हेर्नुहोस प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवारहरुको नामावलीः