images
images

रामेछापको गुन्डुखोलामा बस दुर्घटना हुँदा १३ जना घाइते

  • २३ आश्विन २०७९, आईतवार १३:०९

जिरी (दोलखा) । रामेछापको खाडाँदेवी गाउँपालिकामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

खाँडादेवी गाउँपालिका ३ गुन्डुखोला भन्ने स्थानमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् । आज बिहान करिब साढे १० बजे खाँडादेवि ७ पात्लेबाट काठमाण्डौतर्फ जादै गरेको बा ३ ख ४०४८ नम्बरको रिजर्भ बस ओरालो मोडमा अनियन्त्रित भई सडक छेउमा पल्टिदा १३ जना घाइते भएको रामेछापका प्रहरी निरिक्षक राजुप्रसाद ढकालले जानकारी दिनुभयो । दुर्घटनामा परी खाँडादेवि ७ पात्लेका ३४ वर्षीय युबराज तामाङ, २९ वर्षीय अजय तामाङ, २७ वर्षीया सुस्मिता तामाङ, २३ वर्षीया रस्मि तामाङ, १८ वर्षीया सपना तामाङ, ३० वर्षीय रमेश तामाङ, २४ वर्षीया बास्ना घिसिङ, २४ वर्षीय बिकाश तामाङ, ३३ वर्षीय श्याम लामा, ४२ वर्षीया रिता घिसिङ, खाँडादेवि ३ की १५ वर्षीया प्रेरणा श्रेष्ठ, खाँडादेवि ७ की २८ वर्षीया सुमित्रा कार्की र २८ वर्षीय धनराज तामाङ घाइते भएको रामेछाप प्रहरीले जनाएको छ । घाइतेमध्य रिता र प्रेरणाको अवस्था गम्भीर रहेको छ ।

बसमा सवार १६ जना सवार थिए । तीमध्य १३ जना घाइते भएका हुन् । दुर्घटनामा परी घाइते भएकाहरुको काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक भने फरार भएकाले खोजी कार्य भइरहेको प्रहरी निरिक्षक ढकालले बताउनुभयो ।