
सुदुरपश्चिम प्रदेश सरकारले इजरायलमा विद्रोही समुहको आक्रमणमा परी मृत्यु भएका विद्यार्थीको परिवारलाई दुई लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
मुख्यमन्त्री कमल बहादुर शाहले आज विज्ञप्ति जारी गर्दै द्धन्द्धमा परी ज्यान गुमाएका विद्यार्थीको परिवारलाई प्रतिपरिवार दुई लाखका दुरले राहत उपलब्ध गराउने जानकारी दिनुभयो । इजरायलमा शनिवारदेखि जारी द्धन्द्धमा परि सुदुरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको मृत्यु भएको छ । मुख्यमन्त्री शाहले आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीको शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई आग्रह गर्नुभएको छ ।