काठमाडौँ । बागमती सहितका चार प्रदेशमा दँशैको दिन हल्का वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गरि बडादँशैको सप्तमीदेखि दशमीको दिनसम्म बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै आज बुलेटिन जारी गरेको हो । बागमती र गण्डकी प्रदेशका पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिएपनि कोशी र मधेश प्रदेशका स्थानमा मनसुन बाँकी रहेको मशाखाले जनाएको छ । अधिकांश स्थानमा अधिकतम र न्युनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेकाले सप्तमीदेखि दँशैको टिकाको दिनसम्म अहिलेको तुलनामा जाडो केही बढ्ने महाशाखाले जारी गरको बुलेटिनमा उल्लेख छ ।
यद्धपी समग्रमा दँशैमा वर्षाले खासै समस्या नपार्ने बताईएको छ । मौसम पूर्वानुमान महाशाखाले कतै पनि भारी वर्षाको सम्भावना नदेखाएकाले वर्षाले समस्या नहुने भएको हो ।