images
images

बोच बस दुर्घटना अपडेटः ८ जना उपचाररत, २ को अवस्था गम्भीर

  • २३ आश्विन २०८१, बुधबार १४:०५

दोलखा । दोलखाको बोचमा भएको यात्रुबाहक बस दुर्घटनामा परि घाईते भएकामध्य दुई जनाको अवस्था गम्भिर रहेको छ ।

दुर्घटनामा परि ४२ जना घाईते भएकोमा २ जनाको अवस्था गम्भीर रहेको हो । घाईतेमध्य ओखलढुंगाको लिखु गाउँपालिका–७ गाम्नाङटारकी ६ वर्षीया बालिका आरुषी खत्री र सोही स्थानकी ३३ वर्षीया दिपा खत्रीको अवस्था गम्भीर रहेको दोलखा प्रहरीले जनाएको छ ।

उनीहरुको दोलखा सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा भर्ना गरेर उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी, प्रहरी निरिक्षक (ईन्स्पेक्टर) दाताराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा ४३ जना सवार रहेकोमा ४२ जना घाईते भएका थिए । घाईतेमध्य ६ जना दोलखा सामुदायिक अस्पतालमा उपचाररत रहेका छन् । अन्य घाईतेहरु भने सामान्य उपचार पछि डिस्चार्ज भईसकेका छन् ।

काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ०६३५  नम्वरको यात्रुबाहक बस आज बिहान करिव ९ बजे दोलखाको भीमेश्वर नगरपालिका –८ बोचमा दुर्घटना भएको हो । बस मोडमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै चालक काभ्रेपलाञ्चोकको पनौती घर भएका ३५ वर्षीय दिपेश श्रेष्ठलाई नियन्त्रणमा लिईएको ईन्स्पेक्टर अधिकारीले बताउनुभयो ।