दोलखा । दोलखाको वैतेश्वर गाउँपालिका –५ मैनापोखरीस्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष सहितका अधिकांश पदाधिकारी निर्विरोध निर्वाचित भएपनि केही पदमा भने निर्वाचन हुने भएको छ ।
सहकारीको अध्यक्षमा गोपालध्वज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यसअघि सहकारीको उपाध्यक्ष रहेका श्रेष्ठ निर्विरोध अध्यक्ष चयन भएका हुन् । सहकारीको बरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद दाहाल, सचिवमा भरत केसी र सहचिवमा शिवराम ढकाल पनि निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिले हिजो प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार ती पदहरुमा एक जनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । तर, निर्वाचन समितिले यसको औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।
जनसचेतनको सदस्यतर्फ मेलुङ र शैलुङ गाउँपालिकाबाट सन्तोष विमली, वैतेश्वरको महिला सदस्यमा उर्मिला गौतम, खुल्ला सदस्यमा केदारप्रसाद दाहाल, भीमेश्वर नगरपालिकाको सदस्यमा नारायण बस्नेत, विगु, कालिञ्चोक र गौरीशंकर क्षेत्रको पुरुषतर्फ पदमबहादुर पाण्डे र महिला सदस्यमा सृजना घिमिरे, तामाकोशी र जिरी क्षेत्रको सदस्यमा ज्ञानबहादुर तामाङ, दलित जनजातीतर्फ अमृत शेर्पा र खुला महिला सदस्यमा विमला दाहाल पनि निर्विरोध निर्वाचित भएका छन् ।
सहकारीको कोषाध्यक्ष तथा लेखा समिति संयोजक र सदस्य पदमा भने निर्वाचन हुने भएको छ । कोषाध्यक्षका लागि राजेन्द्रप्रसाद ढुंगेल र हरिवहादुर पाण्डेको उम्मेदवारी परेको छ । लेखा सुपरीवेक्षण समितिको संयोजकमा प्रशान्त चौंलागाई र कल्याण दाहाल तथा खुल्ला सदस्यमा सन्तोष भुजेल र सोमप्रसाद घिमिरेको उम्मेदवारी परेको छ ।
एक भन्दा बढी उम्मेदवारी परेका कोषाध्यक्ष, लेखा समिति संयोजक र लेखा समिति सदस्य पदमा भने असोज ३० गते मतदान हुने भएको छ । लेखा समितिको महिला सदस्यतर्फ सुशिला न्यौपाने निर्विरोध भएकी छिन् ।