images
images

झ्याकुमा रोकिराखेको यात्रुबाहक बसमा आगलागी

  • २३ कार्तिक २०७९, बुधबार ०९:४६

जिरी (दोलखा) । दोलखाको गौरीशंकर गाउँपालिकामा यात्रुवाहक बसमा आगलागी भएको छ ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याकुमा गएराती करिब १० बजे रोलवालिङ यातायातको बा ३ ख ५९७० नम्बरको बसमा आगलागी भएको हो । काठमाडौ–सिंगटी हुँदै झ्याकु चल्ने बैतेश्वर गाउँपालिका ८ का नबराज खड्काको सो बसमा गएराती आगलागी भएपनि मानविय क्षति भने नभएको दोलखा प्रहरीले जनाएको छ । दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगा प्रसाद पौडेलले बसको पछाडीपट्टीको लाइट सर्ट भएर आगलागी भएको पाइएको जानकारी दिनुभयो । आगलागीमा करिब ५० लाख बराबरको क्षति भएको छ ।

बसमा आगलागी भएको थाहा पाएपछि स्थानीयहरुले आगो निभाएसँगै बस पूर्ण रुपमा क्षति हुनबाट जोगिएको थियो । बसको सिटहरु जलेपनि टायर लगायतका भित्रि पार्टहरुमा क्षति नपुगेको प्रहरीले जनाएको छ ।