images
images

अमेरिकी विधानसभामा नेपाली मूलका दुई जना निर्वाचित

  • २३ कार्तिक २०७९, बुधबार ११:३४

काठमाडौं । अमेरिकी विधानसभा निर्वाचनमा नेपाली मुलका दुई जना विजयी भएका छन् ।

नेपाली मुलका डा. ह्यारी भण्डारी र सराहना श्रेष्ठले विधानसभा निर्वाचनमा विजय हासिल गर्दै विधानसभा सदस्य सांसद बनेका हुन् । श्रेष्ठ न्युयोर्क राज्य विधानसभा सदस्यको उम्मेदवार बनेकी थिइन् । डेमोक्रयाट उम्मेदवार श्रेष्ठ विजयी भएसँगै इतिहास रच्न सफल भएकी छिन् । उनी अमेरिकामा राज्यस्तरीय विधानसभा सदस्य अर्थात सांसदमा विजयी हुने दोस्रो नेपाली मुलकी अमेरिकी भएकी छन् । तर महिलाहरुको तर्फबाट भने उनी पहिलो बनेकी छन् । श्रेष्ठले ३५ हजार ४ सय ९३ मत प्राप्त गर्दै रिपब्लिकनका प्याट्रिक शेहनलाई पराजित गरेकी हुन् ।

यस्तै मेरिल्याण्ड राज्य विधानसभामा डा. ह्यारी भण्डारी विजयी भएका छन् । उनले कुल १२ हजार ३ सय ४४ मत ल्याएका छन् ।