images
images

एमाले ३० वर्ष सत्तामा रहदाँ पनि दोलखाको बिकास हुन सकेनः कांग्रेस नेता खड्का

  • २३ कार्तिक २०७९, बुधबार १६:५१

दोलखा । नेपाली कांग्रेश दोलखाका पूर्व सभापति रुद्रबहादुर खड्काले दोलखाली जनताको हितका लागि गठबन्धन दललाई विजयी गराउन अपिल गर्नुभएको छ ।

हाम्रो रेडियोको विशेष कुराकानीमा बोल्दै पूर्व सभापति खड्काले यस्तो अपिल गर्नुभएको हो । उहाँले दोलखाको विकास र समृद्धिका लागि गठबन्धन दलले जित हासिल गर्नेपर्ने अवस्था रहेको बताउनुभयो । नेता खड्काले गठबन्धन दललाई जिताउन सक्रिय रुपमा लागि पर्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ । चुनावी अभियानमा सक्रियतापूर्वक खटिरहेका नेता खड्काले घरदैलोमा जाने क्रममा मतदाताहरु वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारप्रति उत्साहित देखिएको बताउनुभयो । नेकपा एमालेले ३० वर्षसम्म नेतृत्वमा रहेर पनि केही नगरेकाले एमालेबाट परिवर्तन सम्भव नदेखिएको उहाँको भनाई छ ।

नेपाली कांग्रेश दोलखाका पूर्व सभापति रुद्रबहादुर खड्काले दोलखाली जनताको हितका लागि गठबन्धन दललाई विजयी गराउन अपिल गर्नुभएको छ । उहाँले दोलखाको विकास र समृद्धिका लागि गठबन्धन दलले जित हासिल गर्नेपर्ने अवस्था रहेको बताउनुभयो । चुनावी अभियानमा सक्रियतापूर्वक खटिरहेका नेता खड्काले घरदैलोमा जाने क्रममा मतदाताहरु वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारप्रति उत्साहित देखिएको बताउनुभयो । नेकपा एमालेले ३० वर्षसम्म नेतृत्वमा रहेर पनि केही नगरेकाले एमालेबाट परिवर्तन सम्भव नदेखिएको उहाँको भनाई छ ।

नेता खड्काले नेकपा एमालेले दोलखाको विकासमा देखिने खालको काम के ग¥यो ? भनेर प्रश्न समेत गर्नुभयो । एमालेले झुटको खेती गरेको र एमालेको गतिविधिबाट जनता आजित भएको नेता खड्काले बताउनुभयो ।अझै पनि नेकपा एमालेलाई विजय गराएमा जनताले आफ्नो खुट्टामा आफैं बन्चरो हार्नु सरह रहेको उहाँको भनाई छ । नेता खड्काले आसन्न निर्वाचनमा एमालेले आफ्नो जित सुनिश्चित भएको दाबी गरेपनि निर्वाचनपछि पराजय भोग्ने निश्चित भएको दाबी गर्नुभयो । परिवर्तनकारीहरुको शक्तिका लागि गठबन्धन बनेको भन्दै उहाँले अर्थतन्त्रमा देखिएको जर्जरलाई जोगाउन र मुलुकको परिवर्तनका लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको बताउनुभयो । मुलुकमा आर्थिक र सामाजिक विकास गर्न, पुर्वाधार विकास गरेर रोजगारी सिर्जना गर्न, धार्मिक स्थललाई प्रर्वद्धन गरेर स्वदेशी तथा विदेशी पर्यटक भित्रयाउने गठबन्धन दलको लक्ष्य रहेको उहाँको भनाई छ ।

उहाँले गठबन्धन दलले जितेमा ५ वर्षमा तामाकोशी तेस्रो जलविद्युत आयोजनाको विकास गर्ने, म्याग्नेसाइड सञ्चालन, फिल्म सिटी सञ्चालनमा जोड दिने, हनुमन्ते, चेर्दुङ, च्छोरोल्पा जस्ता महत्वपुर्ण धार्मिक स्थलको विकास गरेर रोजगारी सिर्जना गर्ने आवश्वासन दिनुभयो । यस्तै, सिचाई, जलविद्युत, स्वास्थ्य, शिक्षामा निरन्तर विकास गरिने उहाँको भनाई छ ।