images
images

किन नेपाल आए अमेरिकी सेनाको इन्डो-प्यासिफिक कमान्डका उपकमान्डर ?

  • २४ कार्तिक २०८१, शनिबार ०६:४१

काठमाडौँ । अमेरिकी सेनाको ईन्डो प्यासिफिक कमान्डका उपकमान्डर अशुआ एम.रुड नेपाल भ्रमणमा आएका छन् ।

अमेरिकी सेनाको तीन तारे लेफ्टिनेन्ट जनरल जोशुुआको नेतृत्वमा ६ सदस्यीय सैन्य टोली नेपाल आएको अमेरिकी दूतावासले जनाएको छ । नेपाली सेनाको निमन्त्रणामा अमेरिकी सेनाको उच्चस्तरीय टोली हिजो दिउँसो करिब साँढे १२ बजे विशेष विमानबाट काठमार्डाैँ अवतरण गरेको हो ।

टोलीमा ४ जना सैन्य अधिकारी र २ जना क्रुु सदस्य छन् । दूतावासका अनुसार उनी अर्को साता हुने २४९ औँ यूएस मरिन र्कोप्स बल कार्यक्रममा अतिथिको रुपमा सहभागिता जनाउन नेपाल आएका हुन् । भ्रमणको क्रममा उनले नेपाल सरकारका अधिकारीहरु र नेपाली सेनाका अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य तालिम लगायतका क्षेत्रमा सहकार्य भैरहेको छ । यहीबीच पछिल्लो समय अमेरिकी सेनाका उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने क्रम बाक्लिएको छ ।